​राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

हिमाल प्रेस २१ कार्तिक २०८० ६:४०
6
SHARES
​राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) भूकम्प प्रभावित जिल्ला जाँदै छन्। युरोप भ्रमण स्थगित गरेर उनी भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जान लागेका हुन्।

राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न आज बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम तय भएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

यही कात्तिक २२ गते फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहीबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो।

प्रकाशित: २१ कार्तिक २०८० ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =