१० नेपाली विद्यार्थीले लिए कोभेन्ट्री युनिभर्सटीमा बेलायती शिक्षाको अनुभव

हिमाल प्रेस २० कार्तिक २०८० १२:५०
१० नेपाली विद्यार्थीले लिए कोभेन्ट्री युनिभर्सटीमा बेलायती शिक्षाको अनुभव

काठमाडौँ– सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले हरेक वर्ष कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रम आयोजना गर्दै आएको छ। सोही कार्यक्रमको लागि १० जना नेपाली विद्यार्थीले भाग लिने अवसर पाएका थिए।

यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको थियो। यसैबीच विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गरे, त्यहाँको कक्षाहरूमा संलग्न भए र विभिन्न गतिविधिमा भाग लिने मौका पाएका थिए। साथै सफ्टवारिका कलेजको व्यवस्थापन टोलीको पनि सक्रिय सहभागिता थियो।

यस भ्रमणको क्रममा विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाउँ जस्तैः लन्डनको रोचक शहर र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थान घुम्ने मौका पाएका थिए। सफ्टवारिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलका अनुसार आफ्ना विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरुको वृद्धि विकासको लागि निकै महत्त्वपूर्ण रहेको छ।

प्रकाशित: २० कार्तिक २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =