युनिलिभर नेपालद्वारा भूकम्प प्रभावितहरूलाई राहत वितरण

हिमाल प्रेस २० कार्तिक २०८० १२:०८
युनिलिभर नेपालद्वारा भूकम्प प्रभावितहरूलाई राहत वितरण

काठमाडौँ– युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र रुकुममा भूकम्पबाट प्रभावितहरूलाई राहत वितरण गरेको छ। युनिलिभर नेपालले प्रभावित क्षेत्रमा अत्यावश्यकीय सहायता सामग्री उपलब्ध गराएको हो।

युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधि र औषधोपचार सामग्री, ७०० थान ब्ल्याङ्केट, २५० थान पाल र स्थानीय रूपमा खरिद गरिएका थप खाद्यान्न जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको छ।

युनिलिभर नेपालले स्थानीय सरकार, संघसंस्था, संगठन र समुदायसँग समन्वय गरेर राहत सामग्री वितरण गरेको हो। युनिलिभर नेपालले संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपद्जन्य सहयोगमा योगदान पुर्‍याउन र समुदायहरुको पुनर्निर्माणमा सहायता प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित: २० कार्तिक २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =