जसपाको मधेश राष्ट्रिय समितिको अध्यक्षमा राजवंशी

हिमाल प्रेस २० कार्तिक २०८० ७:०६
2
SHARE
जसपाको मधेश राष्ट्रिय समितिको अध्यक्षमा राजवंशी

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश राष्ट्रिय समिति पुनर्गठन भएको छ।

विराटनगरमा आयोजित विस्तारित बैठकले समिति पुनर्गठन गरेको हो।

पुनर्गठित समितिको अध्यक्ष तुलसीप्रसाद राजवंशी छन्। कार्यसमिति १९ सदस्यीय छ।

समितिको उपाध्यक्षमा राकेश मेहता, बाबुप्रसाद यादव, मुख्यसचिव दिलिपचन साहु, सचिव अशोक गुरुङ र कोषाध्यक्षमा प्रीति झा चयन भएका छन्।

जसपामा झापा, मोरङ र सुनसरी जिल्लाको मधेश राष्ट्रिय समिति हुने व्यवस्था छ।

समितिका पूर्व अध्यक्ष जयराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कार्यकारिणी समिति रकम चेम्जोङ थिए।

कार्यक्रममा राजनीतिक समिति सदस्य रामबिलास यादव, सञ्जय सिंह, पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खालगायतको उपस्थिति रहेको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ।

प्रकाशित: २० कार्तिक २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast