इटहरी- कोशी प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ। मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि कात्तिक १ गते स्थगन गरिएको बैठक सोमबार बस्न लागेको हो।
चौथो अधिवेशनको चौथो बैठकमा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बस्न लागिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
प्रकाशित: १९ कार्तिक २०८० १८:४२
प्रतिक्रिया