आरजु राइस मिलद्वारा भूकम्पपीडितलाई ५०० बोरा चामल वितरण

हिमाल प्रेस १९ कार्तिक २०८० १६:२७
आरजु राइस मिलद्वारा भूकम्पपीडितलाई ५०० बोरा चामल वितरण

काठमाडौँ– आरजु राइस मिलले जाजरकोट भूकम्पबाट प्रभावितहरूलाई ५०० बोरा चामल वितरण गरेको छ।

कात्तिक १७ गते राति जाजरकोट केन्द्र भएर गएको भूकम्पले जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको छ। यस दुःखदमा घडीमा आरजु राइस मिलले प्रभावित भेगका लागि चामलका ५०० बोरा पठाएको हो। प्रत्येक बोरा २० केजीको रहेको छ। यसको तौल १० टन बराबर रहेको मिलले जनाएको छ। चामलको बजार मूल्य लगभग १२ लाख रुपैयाँ रहेको छ।

आरजु राइस मिल मोरङमा रहेको छ। यसको स्थापना बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले गरेका हुन्। मिलमा स्वचालित स्वीस मेसिन जडान गरिएको छ। यसले धानलाई निफन्नेदेखि सुकाउने तथा भण्डारण गर्ने गर्छ। यसले घन्टाको ४ टनसम्मको धानलाई कनिकारहीत बनाउन सक्छ।

प्रकाशित: १९ कार्तिक २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =