एनआईसी एशिया बैंकद्वारा भूकम्पपीडित कोषमा ५१ लाख सहयोग

हिमाल प्रेस १९ कार्तिक २०८० १६:१९

काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ।

कात्तिक १७ गते राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भइ गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६४५ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८० १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fourteen =