जाजरकोट भूकम्प : मृतकको संख्या १५७ पुग्यो, घाइते १६६

हिमाल प्रेस १८ कार्तिक २०८० १७:०२
34
SHARES
जाजरकोट भूकम्प : मृतकको संख्या १५७ पुग्यो, घाइते १६६

काठमाडौँ- जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीका अनुसार अहिलेसम्म जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु विवरण छ। यो तथ्यांक अपराह्न ४ बजेसम्मको भएको प्रहरीले बताएको छ।
ज्यान गुमाउनेमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन्। पछिल्लो तथ्यांकअनुसार जाजरकोटमा मृतक थपिएका हुन्।

त्यस्तै भूकम्पमा परी जाजरकोटमा ८१ र रुकुमपश्चिममा ७९ जना घाइते भएका छन्। त्यस्तै दैलेखमा ३ जना र जुम्लामा ३ जना घाइते भएका छन्। घाइतेहरूको जाजरकोट, सुर्खेत, नेपालगन्जलगायतका ठाउँमा उपचार भइरहेको छ। प्रहरीको विवरणअनुसार हालसम्म १६६ जना घाइते भएका छन्। त्यस्तै १६१ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन्।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । घाइतेको उपचारका लागि बाक्लो संख्यामा स्वास्थ्यकर्मी खटाइएको छ। उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेनासमेत परिचालित छ।

प्रकाशित: १८ कार्तिक २०८० १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =