दाङ घोषणापत्र २०८० जारी गर्दै सकियो १८औँ राष्ट्रिय ज्योतिष सम्मेलन

हिमाल प्रेस १८ कार्तिक २०८० १६:५२
18
SHARES
दाङ घोषणापत्र २०८० जारी गर्दै सकियो १८औँ राष्ट्रिय ज्योतिष सम्मेलन

दाङ- नेपाल ज्योतिष परिषद्को १८औँ राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन दाङ घोषणापत्र २०८० जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन गर्दै सञ्चार प्रविधि तथा सूचना मन्त्री रेखा शर्माले ज्योतिषशास्त्र र पुर्वीय दर्शनको संरक्षण गर्नुपर्ने बताइन्।

जोतिषशास्त्र गणितीय सूत्रमा आधारित विज्ञान भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा अझै बढी खोज अनुसन्धान आवश्यक रहेको औँल्याइन्। ज्योतिषशास्त्रलाई अन्धविश्वासबाट मुक्त गरेर गणितीय विज्ञानको रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।

दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले ज्योतिषशास्त्रसहित समग्र पूर्वीय दर्शनको अध्ययन अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन्। नेपाल संस्कृत विश्वविद्यालयलाई नेपालको मात्र नभई विश्वकै पूर्वीय दर्शन अध्ययनको केन्द्र बनाउनुपर्नेमा उनले जोड दिइन्।

हरेक दर्शनले जीवन दर्शन सिकाउने र त्यसका आधारमा मानव सभ्यताको विकास हुने उल्लेख गर्दै मन्त्री शर्माले पूर्वीय दर्शनले मानव समाजलाई सकारात्मकतातर्फ अघि बढाउने दाबी गरिन्।

जारी घोषणा पत्रमा आगामी २०८० पौष २४ गते २५औँ रजत वर्ष भव्यताका साथ काठमाडौँमा मनाउने, नेपाल ज्योतिष परिषद्को उत्कृष्ट डाइरेक्टरी हाते पुस्तिकाको रूपमा २०८१ को वैशाखमा विमोचन गर्ने, नेपाल ज्योतिष परिषद्‍लाई नेपालको ज्योतिष संस्थाहरूको नियामक संस्थाको रूपमा विकसित गर्न नेपाल सरकारसँग जोडदार माग गर्नेलगायत विषय उल्लेख छन्।

प्रकाशित: १८ कार्तिक २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast