भूकम्प प्रभावित जिल्लामा पाँच दिनसम्म फोन र एसएमएस सेवा निःशुल्क

हिमाल प्रेस १८ कार्तिक २०८० १६:००
8
SHARES
भूकम्प प्रभावित जिल्लामा पाँच दिनसम्म फोन र एसएमएस सेवा निःशुल्क

काठमाडौँ– नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ। टेलिकमले एक सूचना जारी गर्दै गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै यस्तो घोषणा गरेको हो।

यस्तै सो क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ। उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ।

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रोसँग सञ्चालनमा रहेको टेलिकमले जनााएको छ।

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि कम्पनीका कर्मचाहरीहरु प्रकाशचन्द्र सिग्देल (९८५१०२१७४०), जनक डाँगी (९८५१११०९९५५) र ओम प्रकाश ढकाल (९८५१३४७८७०)सँग सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ।

प्रकाशित: १८ कार्तिक २०८० १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =