जाजरकोट भूकम्प : मृतकको संख्या १३८ पुग्यो, घाइते १४०

हिमाल प्रेस १८ कार्तिक २०८० १५:१७
16
SHARES
जाजरकोट भूकम्प : मृतकको संख्या १३८ पुग्यो, घाइते १४०

काठमाडौँ- जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १३८ पुगेको छ। नेपाल प्रहरीका अनुसार अहिलेसम्म जाजरकोटमा १०० र रुकुम पश्चिममा ३८ जनाको मृत्यु विवरण छ। यो तथ्यांक दिउँसो २ बजेसम्मको भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन्। पछिल्लो तथ्यांकअनुसार जाजरकोटमा मृतक थपिएका हुन्।

त्यस्तै भूकम्पमा परी जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ जना घाइते भएका छन्। घाइतेहरूको जाजरकोट, सुर्खेत, नेपालगन्जलगायतका ठाउँमा उपचार भइरहेको छ। सात जनालाई काठमाडौँ ल्याउने तयारी छ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।  घाइतेको उपचारका लागि वाक्लो संख्यामा स्वास्थ्यकर्मी खटाइएको छ। उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेनासमेत परिचालित छ।

प्रकाशित: १८ कार्तिक २०८० १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast