भूकम्प पीडितका लागि बुद्ध एयरले एक करोड रुपैयाँ सहयोग गर्ने

हिमाल प्रेस १८ कार्तिक २०८० १४:५१
6
SHARES
भूकम्प पीडितका लागि बुद्ध एयरले एक करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौँ- पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरूका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने निर्णय गरेको छ। बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड सहयोग गर्ने निर्णय भएको सामाजिक सञ्जालमार्फत बताइएको छ।

साथै, उद्धार तथा राहत सामग्री ढुवानीका लागि सहयोग गर्नका लागि बुद्ध एयर वचनवद्ध भएको पनि जनाइएको छ।

‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन्। भूकम्पले थुप्रै परिवार घरबारविहिन भएका छन्। यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ,’ बुद्ध एयरले भनेको छ, ‘हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेका छौं। साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनवद्ध छौं।’

जाजरकोटको बारिकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएराति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पमा परी अहिलेसम्म १३८ जनाको निधन भएको सरकारले बताएको छ। घाइतेहरूको सुर्खेत, नेपालगन्जका अस्पतालहरूमा उपचार भइरहेको छ।

प्रकाशित: १८ कार्तिक २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =