काठमाडौँ- जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १३६ पुगेको छ। नेपाल प्रहरीका अनुसार १ : ३० बजेसम्ममा जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु विवरण छ।
ज्यान गुमाउनेमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन्। पछिल्लो तथ्यांकअनुसार जाजरकोटमा मृतक थपिएका हुन्।
त्यस्तै भूकम्पमा परी जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन्। घाइतेमध्ये ३३ जनाको जाजरकोटमा र २२ जनाको सुर्खेतमा उपचार भइरहेको छ।
रुकुम पश्चिममा ४० जनाको रुकुम पश्चिममै उपचार भइरहेको छ। ३० जना डिस्चार्ज भएका छन् भने १५ जनालाई थप उपचारका लागि सर्खेत र नेपालगन्ज रिफर गरिएको छ।
घाइतेको उपचारका लागि वाक्लो संख्यामा स्वास्थ्यकर्मी खटाइएको छ। उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेनासमेत परिचालित छ।