कोशी सरकारबाट बाहिरियो एमाले, बिनाविभागीयमै राना जिम्मेवारीमुक्त

हिमाल प्रेस १८ कार्तिक २०८० ११:४८
6
SHARES
कोशी सरकारबाट बाहिरियो एमाले, बिनाविभागीयमै राना जिम्मेवारीमुक्त

इटहरी- कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ।  एमालेको साथ पाएर मुख्यमन्त्री बनेका केदार कार्कीले शुक्रबार गठबन्धनका दुईजना सांसदलाई मन्त्री नियुक्त गरेपछि एमालेले शनिबार सरकारबाट बाहिरिने निर्णय गरेको हो।

मुख्यमन्त्री कार्कीले शुक्रबार गठबन्धनबाट माओवादीका एक र एकीकृत समाजवादीका एक जना मन्त्री नियुक्त गरेए सरकार थप विस्तार गरेका थिए।  मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकिकृत समाजवादीका कमलप्रसाद जवेगुलाई विनाभाविभागीय मन्त्री नियुक्त्त गरेका थिए ।

यससँगै थप असन्तुष्ट बनेको एमालेले आफ्ना विनाविभागीय मन्त्री राम रानामगरलाई पदबाट राजीनामा गर्न लगाएर सरकारबाट बाहिरिएको हो। मन्त्री रानाले आज शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका छन्।

गत असोज २७ मा एमालेको सर्मथनबाट कांग्रेसका कार्की संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई राप्रपाबाहेक अन्य सबै दलहरूले विश्वसको मत दिएका छन्।

प्रकाशित: १८ कार्तिक २०८० ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast