काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी २० विश्वकपको एसिया छनोटको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितलाई सहयोगार्थ दिने बताएको छ।
शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो मानवीय तथा संरचनागत क्षति पुर्याएको थियो।
क्यानले शनिबार बिहान विज्ञप्ति जारी गर्दै छनोट प्रतियोगिताको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम पीडितलाई सहयोगार्थ प्रदान गर्ने घोषणा गरेको हो।
छनोट प्रतियोगिताको फाइनलमा नेपाल र ओमान आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्दैछन्।
फाइनल पुगेर नेपाल र ओमान अर्को वर्ष हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भइसकेका छन्। दुवै टिम छनोट प्रतियोगिताको उपाधिका लागि आइतबार खेल्न लागेका हुन्।
प्रकाशित: १८ कार्तिक २०८० ११:२०
प्रतिक्रिया