भूकम्प अपडेट : जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु

हिमाल प्रेस १८ कार्तिक २०८० ११:०७
14
SHARES
भूकम्प अपडेट : जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु

काठमाडौँ- शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। नेपाल प्रहरीका अनुसार १०ः३० बजेसम्मको अपडेटमा जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु विवरण छ। ज्यान गुमाउनेमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन्।

त्यस्तै भूकम्पमा परी जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन्। घाइतेमध्ये ३३ जनाको जाजरकोटमा र २२ जनाको सुर्खेतमा उपचार भइरहेको छ। रुकुम पश्चिममा ४० जनाको रुकुम पश्चिममै उपचार भइरहेको छ। ३० जना डिस्चार्ज भएका छन् भने १५ जनालाई थप उपचारका लागि सर्खेत र नेपालगन्ज रिफर गरिएको छ।

घाइतेको उपचारका लागि वाक्लो संख्यामा स्वास्थ्यकर्मी खटाइएको छ। उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेनासमेत परिचालित छ।

प्रकाशित: १८ कार्तिक २०८० ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast