पाँच वर्षमुनिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

हिमाल प्रेस १८ कार्तिक २०८० ८:५०
2
SHARE
पाँच वर्षमुनिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ- सरकारले शनिबार पनि ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउँदैछ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन लागेको हो। यसअघि शुक्रबार पनि बालबालिकालाई औषधि खुवाइएको थियो।

भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने मन्त्रालयले जनाएको छ।

यसअघि प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन गर्ने गरिएको यो कार्यक्रम यो वर्ष बडादसैँ परेकाले १७ र १८ गते सञ्चालन भएको हो।

प्रकाशित: १८ कार्तिक २०८० ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast