काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन्।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा सक्रिय हुन आग्रह गरेका हुन्। ‘भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला। मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ। यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरु उद्धारमा खटौँ’, उनले भनेको छ, ‘भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो।’
शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको संख्यामा घाइते भएका छन्।