१० वर्षपछि नेपाल टी-२० विश्‍वकपमा

हिमाल प्रेस १७ कार्तिक २०८० १४:१३
44
SHARES
१० वर्षपछि नेपाल टी-२० विश्‍वकपमा

काठमाडौँ- नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ। शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ले २ विकेट गुमाउँदै पूरा गर्‍यो।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो। काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ।

मूलपानी मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे।

पहिले ब्याटिङ गरेको यूएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए। ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १र१ विकेट लिए।

प्रकाशित: १७ कार्तिक २०८० १४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =