छोरालाई बचाउन नदीमा हाम फालेकी ऋतुको मृत्यु

हिमाल प्रेस १७ कार्तिक २०८० १४:०२
6
SHARES
छोरालाई बचाउन नदीमा हाम फालेकी ऋतुको मृत्यु कालीगण्डकी नदी। फाइल तस्बिर

पोखरा- सेतीबेनीस्थित शीला दर्शन गर्नेक्रममा कालीगण्डकी नदीले आमा–छोरालाई बगाएको छ। चिप्लिएर नदीमा खसेका छोरा बगाएपछि बचाउन नदीमा हाम फालेकी आमाको भने दुखद मृत्यु भयो।

पर्वतको बिहादी गाउँपालिका–६ बाट शुक्रबार बिहान सेतीबेणी शीला दर्शन गने क्रममा २५ वर्षीया ऋतु भट्टराईको ४ वर्षीय छोरा रियान्स एक्कासि चिप्लिएर नदीमा खसेका थिए। बिहान ९ बजेर ३० मिनेटमा छोरा नदीमा खसेपछि उनलाई बचाउन ऋतु नदीमा हाम फालेकी थिइन्।

बगेको स्थानबाट दुवैको करिब २० मिटर तलबाट जिवितै उद्धार गरी अस्पताल पठाइएकोमा आमा ऋतुलाई कालीगण्डकी अस्पताल मिर्दीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए। छोरा रियान्सको पर्वतस्थित हुवासस्थित मञ्जरिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारार्थ पाल्पास्थित मिसन अस्पताल पठाइएको उनले जनाए।

प्रकाशित: १७ कार्तिक २०८० १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast