लुम्बिनी- नेपालको हिमालहरूमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यान केन्द्रित गर्न बुद्वजन्मस्थल लुम्बिनीबाट दीप प्रज्जवलन गरी सर्वोच्च शिखर सगरमाथाको आधार शिविर कालापत्थरतर्फ लगिएको छ।
नेपाल पर्वतारोहण संघको आयोजनामा विश्व शान्तिको कामना सहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट सगरमाथा आधार शिविरमा कालापत्थर तर्फ लगिएको हो। शुक्रबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे)ले शान्तिदीपमा दीप प्रज्जवलन गरेपछि मायादेवि मन्दिर परिक्रमा गराइएको थियो।
उपाध्यक्ष डा लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लुम्बिनी शान्तिदीपबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर लैजादा सकरात्मक सन्देश प्रवाह हुने बताए । उनले विश्व मानवजगतमा जलवायु परिवर्तनको असरसँगै द्वन्द्व पनि बढिरहेको अवस्थामा पर्यटन मन्त्रालय अन्तगर्त शान्तिभूमि लुम्बिनीबाट विश्वको अग्लो शिखरमा दीप लैजाने कार्य गर्वको बिषय भएको बताए ।
उपाध्यक्ष डा. लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण संघका पूर्व सचिव एवं केन्द्रीय कार्य समिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही संघका महासचित शिव बहादुर सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गरे।
लुम्बिनीमा प्रज्ज्वलन गरिएको दीप काठमाडौं लगि बौद्ध र स्यम्भु परिक्रमा गराइने छ। उक्त दीप कात्तिक १९ गते आइतबार साँझ सम्ममा काठमाडौं पुर्याइने र सगरमाथा आधार शिविर कालापत्थर पुर्याइने नेपाल पर्वतारोहण संघले जनाएको छ। नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीप उक्त स्थानमा प्रज्ज्वलन गरिने छ।
कात्तिक २५ शनिवारका दिन एक समारोहका बीच कालापत्थामा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान पुनः एकपटक नेपाल तर्फ केन्द्रित हुने संघका पूर्व सचिव एवं केन्द्रीय कार्य समिति सदस्य दिवस पोखेलले बताए।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असर बारे राष्ट्र संघको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आकज उठाउने प्रतिवद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलायदी हुने पोखरेलले बताए।
विस २०६६ सालमा आयोजना गरिएको कोप–१५ मा सगरमाथा आरोहणले डेनमार्क पुगेर मार्चपास गरेका थिए। अन्तर्राष्ट्रिय अल्पाइन संगठनहरू यूटिएए र भिएएको साधारणसभामा संघले ध्यानाकर्षण गर्दै आएतापनि प्रभावकारी प्रतिफल उपलब्ध हुन सकेको छैन।
जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न २०६६ साल पौष १९ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठक बसेको थियो।