ललितपुरमा सेरेसको नयाँ शोरुम

हिमाल प्रेस १७ कार्तिक २०८० १३:११
ललितपुरमा सेरेसको नयाँ शोरुम

ललितपुर– ललितपुरको थासिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम उद्घाटन गरेको छ। नेपालमा सेरेस ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरूको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ।

अग्रज उद्यमीहरूलगायत व्यक्तित्वहरूको उपस्थिति रहेको उ्घाटन समारोहमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु र सिल्भर मुन मोटर्सका प्रबन्ध निर्देशक विष्णु भण्डारीले आ–आफ्नो धारणा राख्दै यस उद्यमको महत्त्व बारेमा प्रकाश पारेका थिए।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ। जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ। सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा छ। जसमा नेपालको ७१औँ गौरवशाली स्थान बनेको छ।

सेरेस हुवाएको निर्माण साझेदार हो। यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ। संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ।

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडल उपलब्ध गराउँछ। सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टमा उपलब्ध छ। जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ बाट सुरु हुन्छ। सेरेस मिनी ईभी तीन भेरियन्टमा आउँछ। लो ट्रिम–१८० किमी बेस अप्सन, मिड ट्रिम–१८० किमी फुल अप्सन, र टप ट्रिम–२२० किमी फुल अप्सन। जसको मूल्य क्रमशः १३ लाख ९९, हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार तोकिएको छ।

प्रकाशित: १७ कार्तिक २०८० १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =