विश्वकप पुग्न नेपालले १३५ रन ल्याउनुपर्ने

हिमाल प्रेस १७ कार्तिक २०८० १२:४४
12
SHARES
विश्वकप पुग्न नेपालले १३५ रन ल्याउनुपर्ने

काठमाडौँ- वृत्य अरविन्दको ६४ रनको मदतले नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टी-२० विश्वकपमा छनोट हुन नेपालले यूएईविरुद्ध १३५ ल्याउनुपर्ने हुन्छ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

युूएईका लागि अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए ।

नेपालका कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १-१ विकेट लिए।

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप खेल्ने योजनामा छ। आजको खेलमा जित निकाल्दा फाइनल पुग्नेसँगै २०२४ को विश्वकप पनि खेल्नेछ।

प्रकाशित: १७ कार्तिक २०८० १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =