डिशहोमको अफरमा टार्जन गुरुङले जिते एक लाख

हिमाल प्रेस १७ कार्तिक २०८० १२:३६
डिशहोमको अफरमा टार्जन गुरुङले जिते एक लाख

काठमाडौँ– डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत बेलचौतारा शुक्ला गण्डकीका टार्जन गुरुङले एक लाख नगद जितेका छन्। एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका प्रतिनिधिले रकम हस्तान्तरण गरेका हुन्।

डीटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो। यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्। जसमा नगद १० लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्। यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबुक पेज र इमेज टीभीमा साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछ।

प्रकाशित: १७ कार्तिक २०८० १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =