न्यूरोडमा नेपाली जुत्ताघरको उद्घाटन

हिमाल प्रेस १७ कार्तिक २०८० १२:०८
न्यूरोडमा नेपाली जुत्ताघरको उद्घाटन

काठमाडौँ– नेपाली जुत्ता चप्पल उत्पादक समूहद्धारा ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम ‘न्यूरोड नेपाली जुत्ताघर’को उद्घाटन गरिएको छ।

यस सामूहिक शोरुमको उद्घाटन प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवा लिम्बुले गरेका हुन्। उनले शोरुमको सफलताका लागि शुभकामना दिँदै नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नीतिगत रूपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडि बढाउनका लागि महत्त्वपूर्ण भूमिका निभाउने कुरा बताए।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समूहद्धारा सामूहिक शोरुम अवधारणअन्तर्गत खोलिएको यस न्यूरोड नेपाली जुत्ताघर चौथो शोरुम हो। यसअघि पोखरा, बुटबल र जनकपुरमा तीनवटा सामूहिक शोरुम चलिरहेका छन्।

न्यूरोड नेपाली जुत्ता घरमा बिएफ डियर हिल र बिएफ स्पोट, क्रस रोड, रोयल शुज, फस्टवाक शुज, डिजे शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पल उपलब्ध छन्।

प्रकाशित: १७ कार्तिक २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =