बेनेलीको नयाँ अफर

हिमाल प्रेस १७ कार्तिक २०८० ११:५६
बेनेलीको नयाँ अफर

काठमाडौँ– बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले ‘पहिला कहिल्यै नभएको अहिले’ शीर्षकअन्तर्गत दशैँ तथा तिहार अफर ल्याएको छ। उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ।

यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्नेछन्।

यो अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ जसमा बेलेनी पेनेरिया स्कुटर, टिएनटी–१५, टिएनटी–१५० आई र ३०२ एस मोडलमा ग्राहकहरुले १ लाख रुपैयाँसम्मको स्क््रयाच कुपन र १८० एस तथा टिआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउनेछन्।

प्रकाशित: १७ कार्तिक २०८० ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =