आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

हिमाल प्रेस १७ कार्तिक २०८० ७:२३
12
SHARES
आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने फाइल तस्बिर।

काठमाडौँ- सरकारले आज र भोलि (शुक्रबार र शनिबार) बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनको लागि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ।

यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गतआज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाउको छ।

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते दसैँ पर्व परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो।

यो कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनाका बाल बालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको महाशाखाले जनाएको छ।

देशभरीका झन्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ।

प्रकाशित: १७ कार्तिक २०८० ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast