विश्वकप पुग्न यूएईलाई जित्नै पर्ने दबाबमा नेपाल

हिमाल प्रेस १७ कार्तिक २०८० ७:१२
6
SHARES
विश्वकप पुग्न यूएईलाई जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ- आईसीसी टी-२० विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले आज शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ।

छनोट प्रतियोगिताको सेमिफाइनलको खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११ बजे सुरु हुनेछ ।

समूह ‘ए’ को उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईलाई प्रतिद्वन्द्वीको रूपमा पाएको हो।

यूएईलाई हराउँदै प्रतियोगिताको फाइनलसँगै विश्वकपमा छनोट हुने लक्ष्यमा नेपाल छ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

अर्को सेमिफाइनलमा कीर्तिपुर मैदानमा बहराइन र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

समूह चरणमा नेपालले सिंगापुर र मलेसियालाई हराएको थियो। तर अन्तिम खेलमा ओमानसँग पराजित हुन पुग्यो। नेपालको सुरुवाती र मध्यक्रमको ब्याटिङ लाइन चल्न नसक्दा नेपालले ओमानसँग हार ब्यहोरेको थियो।

ओमानविरुद्धको खेलमा नयाँ ब्याटरको रुपमा विवेक यादव चलेका थिए। उनले २४ बलमा ३९ रनको विस्फोटक इनिङ्स खेलेका थिए। आउट हुनुअघि तीन बलमा ३ छक्का प्रहार गर्दै उनले नेपाललाई जितसम्म डोर्‍याउन भूमिका खेलेका थिए । अन्तिम अन्तिम दुई बलमा नेपाल ७ रन बटुल्न भने असफल रहेको थियो।

विश्वकप छनोटको निर्णायक तथा महत्वपुर्ण खेल भएकाले नेपाल र यूएई दुवै टिममाथि दबाब रहनेछ।

प्रकाशित: १७ कार्तिक २०८० ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =