ओमानसँग पराजित नेपालले विश्वकप पुग्न यूएईलाई जित्नुपर्ने

हिमाल प्रेस १६ कार्तिक २०८० १३:०५
24
SHARES
ओमानसँग पराजित नेपालले विश्वकप पुग्न यूएईलाई जित्नुपर्ने

काठमाडौँ- छ रनको पराजय भोगेसँगै नेपाल समूह चरणको उपविजेतामा सीमित बनेको छ। कीर्तिपुर रंगशालामा ओमानसँग हार व्यहार्दै नेपाल समूह ‘ए’को उपविजेता बनेको हो।

अब नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट हुन सेमिफाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्ने छ। समूह ‘बी’मा यूएईले हङकङलाई हराएसँगै नेपालसँगको भेट पक्का गरेको हो।

यो खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसीसी टी २० विश्वकपमा स्थान पक्का गर्नेछ। आजको खेलमा नेपालको मध्यतर्फको व्याटिङ नचल्दा हार व्यहोर्न पुग्यो। नेपालका लागि  विवेक यादवले सर्वाधिक ३९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्।

ओपनर कुशल भुर्तेलले २६, करण केसीले १५, सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२ तथा कुशल मल्लले १० रन बनाउन बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन्। आशा गरिएका ब्याट्सम्यानबाट रन ननिस्किँदा नेपाल दबाबमा परेको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जितका लागि ओमानका लागि बिलाल खानले तीन, शकिल अहमद, मेहरान खान र अकिब इल्यासले समान दुई तथा जिशन मक्सुदले एक विकेट लिए।

अन्तिम ओभरमा २६ रन चाहिएको अवस्थामा विवेश यादवले बिलाल खानलाई तीन छक्का प्रहार गर्दै नेपालको आशा जीवित राखेका थिए। तर उनी चौथो बलमा आयन खानबाट क्याच हुन पुगे। विवेकले २४ बलमा पाँच छक्का प्रहार गरे।

यता, यूएईले बिहीबार भएको खेलमा हङकङलाई २२ रनले पराजित गर्.यो।

प्रकाशित: १६ कार्तिक २०८० १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =