नेपाल लाइफद्वारा एक दिवसीय बिजनेश रिभ्यू सम्पन्न

हिमाल प्रेस १६ कार्तिक २०८० ११:५०
नेपाल लाइफद्वारा एक दिवसीय बिजनेश रिभ्यू सम्पन्न

काठमाडौँ– जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवसीय बिजनेश रिभ्यू मिट सम्पन्न भएको छ। ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो। यस कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापक तथा प्रादेशिक प्रमुखको सहभागिता थियो।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सहयात्रीहरूलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रमामा बाल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कर्मचारी तथा अभिकर्तालाई चालु आवको पहिलो त्रैयमासको कार्यसम्पादनको लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पूरा गर्न दत्तचित्त भई कार्य गर्न आह्वान गरेका थिए। कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइजेशनको काम सुरु गरिसकेको उनको भनाइ छ। निकट भविष्यमा बिमितहरूले यस कम्पनीद्वारा प्रदान गरिने सेवा प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बिमितहरूले घरै बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा बताए।

प्रकाशित: १६ कार्तिक २०८० ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =