डिशहोमद्वारा क्रिकेटरको हौसला बढाउन पुरस्कार घोषणा

हिमाल प्रेस १६ कार्तिक २०८० ११:२०
डिशहोमद्वारा क्रिकेटरको हौसला बढाउन पुरस्कार घोषणा

काठमाडौँ– डिशहोम नेटवर्कले आईसीसी मेन्स् टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिताका जारी खेलमा नेपाली टिमको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ।

डिशहोमले नेपाली क्रिकेट खेलाडीले मैदानमा देखाएको प्रयत्नमा खुसी व्यक्त गर्दै हरेक रन र हरेक विकेटमा खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको हो।

मुलपानी र कीर्तिपुरमा एसियाका ८ टिमबीच जारी प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, सिंगापुर, मलेसिया तथा समूह ‘बी’ मा बहराइन, हङकङ, यूएई र कुबेत छन्।

सेमिफाइनल जित्ने दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आईसीसी मेन्स टी–२० विश्वकप कप खेल्नेछन्। नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ। सेमिफाइनलमा जिते नेपालले विश्वकपमा दोस्रोपटक सहभागिता जनाउने छ।

डिशहोमले उक्त खेलमा शतकसहित ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको छ। यस्तै शतक प्रहार गर्ने खेलाडीलाई १० लाख, ५ विकेट लिनेलाई ५ लाख, अर्धशतक प्रहार गर्ने खेलाडीलाई १ लाख, ३ विकेट लिने खेलाडीलाई १ लाख, ३५ रन बनाउने खेलाडीलाई ५० हजार र क्याच स्टम्पिङ गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८० ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =