काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको दोलखा जिल्ला समिति पुनर्गठन भएको छ । चरिकोटमा बुधबार आयोजित कार्यक्रमबाट ललित मगरको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको छ।
समितिको उपाध्यक्षमा मानबहादुर सुनुवार, प्रेमध्वज तामाङ सचिवमा सोनाम शेर्पा, उपसचिव पेम्बा तामाङ, बिपिन लावत र कोषाध्यक्ष कल्पना मगर रहेका छन्।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नानु थामी, बागमती प्रदेश समिति सचिव दावा शेर्पालगायतका नेताको उपस्थिति रहेको थियो ।
प्रकाशित: १६ कार्तिक २०८० ९:३९
प्रतिक्रिया