संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट छिटो पारित गर्नुपर्छ : उपेन्द्र यादव

हिमाल प्रेस १६ कार्तिक २०८० ६:५२
4
SHARES
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट छिटो पारित गर्नुपर्छ : उपेन्द्र यादव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट छिटो पारित गर्नुपर्ने बताएका छन् ।

शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन पनि सो विधेयक संसद्बाट पारित गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

‘संक्रमणकालीन न्याय (टीआरसी) लाई र बेपत्ता आयोगलाई मूर्त रूप दिएर टीआरसीको ऐनहरू पास गरेर त्यसलाई कार्यान्वयनमा लैजानुपर्छ,’ यादवले भने,‘यसलाई चाँडै टुंग्याउनुपर्छ । यो जति ढिलो हुँदै गयो, त्यति नै यसको नकारात्मक असरहरू पर्दै जान्छ।

बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले तत्कालीन द्वन्द्वरत पक्षहरूबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने बताए।

तत्कालीन द्वन्द्वरत पक्षहरू गम्भीर नभएकै कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको उनको भनाइ छ ।

प्रकाशित: १६ कार्तिक २०८० ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =