नेपाल समूह विजेता बन्‍न ओमानसँग भिड्दै

हिमाल प्रेस १६ कार्तिक २०८० ६:४१
6
SHARES
नेपाल समूह विजेता बन्‍न ओमानसँग भिड्दै

काठमाडौँ- टी २० विश्वकप एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरु हुनेछ। समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ।

नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।

ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।
टी२० आइमा नेपाल र ओमान चार पटक आमनेसामने भएका छन्। तीमध्ये तीन खेल नेपालले जित्दा ओमानले एक खेल जितेको छ। चारै खेल ओमानमा भएको थियो।

समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।

समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ। बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ।

एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी २० विश्वकप खेल्नेछ।

प्रकाशित: १६ कार्तिक २०८० ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =