काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक संघर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी महासचिव देवप्रसाद गुरुङले आज (बुधबार) प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट गरेका हुन्। विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ।
प्रकाशित: १५ कार्तिक २०८० २०:३४
प्रतिक्रिया