टी-२० विश्वकप छनोटको फाइनल जिते नेपाली टिमले २० लाख रुपैयाँ पाउने

हिमाल प्रेस १५ कार्तिक २०८० १७:४१
30
SHARES
टी-२० विश्वकप छनोटको फाइनल जिते नेपाली टिमले २० लाख रुपैयाँ पाउने

काठमाडौँ- नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनलमा पुगे क्रिकेट टिमले १५ लाख रुपैयाँ पाउने भएको छ। त्यसका लागि मेडिकल कलेजले क्यानसँग सम्झौता गरेको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्रप्रसादले बुधबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई एकमुष्ट १५ लाख रुपैयाँ दिने उल्लेख गरिएको छ। अस्पतालले उक्त प्रतियोगिताको फाइनल खेलमा पनि नेपाल विजयी भएमा थप ५ लाख रुपैयाँ प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीलाई निःशुल्क एवम् सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

नेपालमा क्रिकेट खेलको विकासमा सानो भए पनि सहयोग पुगोस् र खेलाडीमा हौसला प्रदान होस् भनेर सो प्रोत्साहन रकमको व्यवस्था गरिएको सांसद डा. शर्माले बताए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेका उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै विजयी भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएउँदै सेमिफाइनलमा पुगेको हो।

अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टी-२० विश्वकपको अन्तिम छनोटमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गरिरहेका छ्न्। प्रतियोगिताका शीर्ष दुई टिम विश्वकपका लागि छनोट हुनेछन्।

प्रकाशित: १५ कार्तिक २०८० १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast