
काठमाडौँ- सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
डा. लोहनी चार वर्षका लागि अध्यक्ष पदमा रहनेछन्। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सरकारले लोहनीलाई सरकारले अध्यक्षमा नियुक्त गरेको हो।
गत माघ २४ गते डा सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो। त्यस्तै, नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा सुवोध कुमार शर्मालाई मनोनयन गर्ने निर्णय समेत भएको छ।
महोत्तरी निवासी शर्मालाई स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मनोनयन गर्ने निर्णय भएको हो। तनहुँ घर भएका डा. लोहनी स्वास्थ्य मन्त्रालयबाट १२औं तहबाट उमेरका आधारमा अवकाश प्राप्त कर्मचारी हुन्।
नेपालमा स्वास्थ्य बीमा सुरु गर्दा डा. लोहनी कार्यकारी निर्देशक थिए।