एनसेलद्वारा लघु चलचित्र प्रतियोगिताका विजेताहरूलाई सम्मान

हिमाल प्रेस १३ मंसिर २०८० १४:०५
एनसेलद्वारा लघु चलचित्र प्रतियोगिताका विजेताहरूलाई सम्मान

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले तिहारअघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरूलाई सम्मान गरेको छ। एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको हो।

यस प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जितेको छ। सन्तोष शाक्य र उनको समूह फस्ट रनरअप बनेर ७५ हजार नगद पुरस्कार जितेको छ। १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ।

प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको छ। प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरियो। एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरूका काम र प्रतिभालाई आमदर्शक सामु पुर्‍याउने अवसर प्रदान गर्दछ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले आफ्नो उत्साह प्रकट गर्दै भने, ‘विजयीहरुलाई धेरैधेरै बधाई। दिदी र भाइको विशेष सम्बन्धलाई ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत प्रस्तुत गर्दै यस प्रतियोगितामा सहभागिता जनाउने हरेक व्यक्ति तथा समूहरूलाई धन्यवाद दिन चाहन्छु। यो प्रतियोगितामा विजयी भएका प्रत्येक सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्नुहुन्छ। स्टोरी टेलिङ् एउटा महत्त्वपूर्ण सीप हो र यसले हाम्रा समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दालाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्दछ।’

यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘एक ब्रान्डको रूपमा स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु हाम्रो जिम्मेवारी हो। यसैअन्तर्गत हामी एक सानो भूमिका खेलिरहेका छौँ। तर भविष्यका लागि स्थानीय उदीयमान सर्जकहरूलाई अझ ठूलो र राम्रो गर्न सक्षम बनाउन प्लेटफर्म प्रदान गर्न पाउँदा खुसी छौँ।’

प्रकाशित: १३ मंसिर २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =