देशको समृद्धिका लागि एकजुट हुनुपर्छ : माधव नेपाल

हिमाल प्रेस ९ मंसिर २०८० ७:०५
10
SHARES
देशको समृद्धिका लागि एकजुट हुनुपर्छ : माधव नेपाल माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन्।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सुशासन प्रवर्द्धन गर्दै सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण देशको अहिलेको आवश्यकता भएको बताए।

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन कायम गर्नु अपरिहार्य भएको औँल्याउँदै उनले उत्पादकत्व वृद्धि तथा रोजगारीका अवसर सृजना नगरी सामाजिक रुपान्तरण कठिन हुने विचार व्यक्त गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि परास्त गर्न सबै लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको रक्षा नै सर्वोपरि भएको बताए। रासस

प्रकाशित: ९ मंसिर २०८० ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast