राजधानीमा पन्तको सम्झना

हिमाल प्रेस ८ मंसिर २०८० १४:५६
4
SHARES
राजधानीमा पन्तको सम्झना

काठमाडौँ- यादवप्रसाद पन्तको ९९औं जन्मजयन्तीको अवसरमा डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले आयोजना गरेको अभिन्दन तथा सम्मान समर्पण समारोह राजधानीमा सम्पन्न भएको छ।

राजधानीको डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संंघमा सम्पन्न सो समारोहका प्रमुख अतिथि शताब्दी पुरुष डा. गौरीशंकर लाल दासले विकास अभियन्ता तथा लक्ष्मी विक, राष्ट्रसेवक रत्नशमशेर राणा र पत्रकार कुन्द दीक्षितलाई सम्मान गरेका थिए।

समारोहमा नवलपरासी जिल्लाको पाल्ही क्याम्पसमा अर्थशास्त्र विषयमा अध्ययनरत उत्कृष्ट एक/एक छात्रछात्रालाई अध्ययनार्थ रकम दिइएको थियो। सो अवसरमा डा. पन्तबारे प्रकाशित कृति ‘व्यक्ति एक : दृष्टि अनेक’ लोकार्पण गरिएको थियो। तीन सय ४५ पृष्ठ रहेको यस कृतिको प्रकाशक यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान छ।  कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष मीरा अज्र्यालको सभापतित्वमा भएको थियो।

प्रकाशित: ८ मंसिर २०८० १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast