काठमाडौँ– आन्तरिक राजस्व कार्यालय कोटेश्वरले मनीप्लान्ट बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको छ।
राजस्व कार्यालय कोटेश्वरअन्तर्गत बैंक तथा वित्तीय संस्था क्षेत्रबाट मनीप्लान्टले आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर तिरेको हो।
आफ्नो क्षेत्रअन्तर्गत बढी कर तिरेपछि आन्तरिक राजस्व कार्यालय कोटेश्वरले कर दिवस, २०८० को अवसर पारेर मनीप्लान्टलाई सम्मानपत्र दिएको छ।
प्रकाशित: ८ मंसिर २०८० १२:०७
प्रतिक्रिया