हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा

हिमाल प्रेस ६ मंसिर २०८० ६:५१
6
SHARES
हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा

गुल्मी- गुल्मीको रेसुंगा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ।

मंगलबार एक सूचना निकाल्दै हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले सो दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए।

उनले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक बिदा दिइँदैआएकोमा यस वर्ष पनि मंसिर ७ गतेका दिन परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिइएको हो।

सो दिन रेसुंगा नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको अर्यालले बताए।

प्रकाशित: ६ मंसिर २०८० ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast