काठमाडौँ– युनिलिभर नेपाल लिमिटेडले भूकम्प प्रभावितको सहयोगको लागि १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ।
उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरिएको हो। युनिलिभरले यसअघि भूकम्प प्रभावित जाजरकोट र रुकुम जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुपलगायतका राहत सामग्री वितरण गरेको थियो।
प्रकाशित: ५ मंसिर २०८० १६:३८
प्रतिक्रिया