ग्यालेक्सी एस–२३ एफ इ सार्वजनिक

हिमाल प्रेस ५ मंसिर २०८० १६:०६
ग्यालेक्सी एस–२३ एफ इ सार्वजनिक

काठमाडौँ– सामसङ नेपालले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस–२३ एफ इ सार्वजनिक गरेको छ। मिन्ट र ग्रेफाइट गरी दुई रंगमा उपलब्ध हुने एस–२३ एफ इको प्रि–अर्डर मंसिर ४ देखि खुलेको छ।

ग्यालेक्सी एस–२३ एफ इमा फ्लोटिङ क्यामरा, ६.४ एमएमको एमोलेड २ एक्स डिस्प्ले रहेको छ। यसमा रहेको भिजन बुस्टर प्रविधिले स्वचालित रूपमा उज्यालो प्रकाशको अवस्था पत्ता लगाएर स्क्रिनलाई जीवन्त राख्दै डिस्प्लेलाई सहज बनाउने कम्पनीको दाबी छ।

यसको पछाडी प्रमुख ग्रेडको ५० एमपी (डब्लू) र १२ एमपी –यूडब्लू) र ८ एमपी (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जुम सहितको क्यामरा जडान गरिएको छ। यसमा भएको नाइटोग्राफी विशेषताले अँध्यारोमा पनि सेल्फी र पोट्रेट प्रष्ट खिच्न सकिने कम्पनीको भनाइ छ।

ग्यालेक्सी एस–२३ एफ इमा भरपर्दो कार्यसम्पादनको लागि ४ एनएम चिपसेटको पावर दिइएको छ। गेमिङ्ग र स्ट्रिमिङ्गको लागि ग्यालेक्सी एस–२३ एफ इको शक्तिशाली प्रोसेसरले भेपर चेम्बर छ। जसले ताप नियन्त्रण गर्न र कार्यसम्पादनलाई समान राख्न मद्दत गर्दछ। यसमा ४५०० एमएएचको ब्याट्री दिइएको छ।

यो स्मार्टफोनमा ८ जीबी ¥याम र २५६ जीबीको स्टोरेज छ। यसको मूल्य ८५ हजार ९९९ तोकिएको छ। यो फोन शून्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ। ग्राहकले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक ४ हजार ३०० किस्ता तिरेर नयाँ ग्यालेक्सी एस–२३ एफ इ खरिद गर्न सक्नेछन्। सामसङले यसको एक वर्षको लागि १ पटकको ब्रेकेज बिमा प्रदान गरेको छ।

प्रकाशित: ५ मंसिर २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =