शंखधर साख्वाले खेलेको भूमिका अविस्मरणीय : प्रधानमन्त्री

हिमाल प्रेस २८ कार्तिक २०८० ६:५५
2
SHARE
शंखधर साख्वाले खेलेको भूमिका अविस्मरणीय : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायका लागि शंखधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन्।

नेपाल संवत् ११४४ आरम्भमा शुभकामना दिँदै उनले नेपाल संवतका प्रवर्तक​ साख्वा प्रगतिशील र सामाजिक अभियन्ताका रूपमा रहेको बताए।

‘देशकै गरिमा र मौलिकताका निम्ति उनले पुर्‍याएको योगदान सबैका लागि प्रेरणादायी छ’, उनले भनेका छन्, ‘प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसालेका छन्।’

आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै दाहालले यसले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =