५ सय घर बनाउन समाजवादीले खटायो १ सय युवा

हिमाल प्रेस ८ मंसिर २०८० ७:०४ | Friday, November 24, 2023
५ सय घर बनाउन समाजवादीले खटायो १ सय युवा

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट समाजवादी युवा संघ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्न एक सय जनाको युवा टोली खटाएको छ।

भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति टोली जाजरकोटतर्फ आज प्रस्थान गरेको हो। पाँच सय अस्थायी घर बनाउने अभियानअन्तर्गत ती युवाले श्रमदान गर्नेछन्।

पार्टीका शीर्ष नेताको सहभागितामा आयोजित बिदाइ कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्पप्रभावितलाई दैनिक जीवनयापनमा कठिन भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

फरक प्रसंगमा नेता खनालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनका पक्षधर एकताबद्ध हुनुपर्ने उनले बताए।

प्रकाशित: ८ मंसिर २०८० ७:०४ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast