४ हजार २२५ शिक्षक पद रिक्त, कुन तहमा कति?

हिमाल प्रेस ७ मंसिर २०८० ९:४८ | Thursday, November 23, 2023
४ हजार २२५ शिक्षक पद रिक्त, कुन तहमा कति?

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वयन शाखाले बुधबार सार्वजनिक गरेको विवरणअनुसार माध्यमिक तहमा ४०२, निम्न माध्यमिक तहमा ७४४ र प्राथमिक तहमा ३ हजार १७९ शिक्षक पद रिक्त रहेका छन्।

शाखाले शिक्षक सेवा आयोगमार्फत विज्ञापनको लागि प्राप्त भएको विवरण संशोधन गर्नुपर्ने भए कारणसहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पठाइदिन अनुरोध गरेको छ।

रिक्त शिक्षक विवरण पठाउन बाँकी रहेका जिल्लालाई पनि आगामी बुधबारभित्र पठाउन पनि शाखाले निर्देशन दिएको छ।

प्रकाशित: ७ मंसिर २०८० ९:४८ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast