३४ स्थानमा एक साथ रक्तदान

हिमाल प्रेस ९ मंसिर २०८० ९:०३ | Saturday, November 25, 2023
३४ स्थानमा एक साथ रक्तदान

काठमाडौँ- रोटेरेक्ट डिस्टिक नामक संस्थाले आज देशका ३४ स्थानमा रक्तदान कार्यक्रम गर्दैछ।

देवी क्याम्पस, बिर्तामोड, नोबेल मेडिकल कलेज, विराटनगर, धरान घोपा, इटहरी चोक, सेन्ट्रल प्लाजा, बर्दिबास चोक (सिन्धुली रोड-तीनकुने), माइस्थान, वीरगन्ज, हेटौंडा, बुद्धचोक, सिन्धुली ब्लड बैंक, धुलिखेल अस्पताल, धुलिखेल, पनौती बसपार्क क्षेत्र, बालकुमारी थिमी, केएमसी अस्पताल चोक-दुवाकोट, दत्तात्रेय स्क्वायर, भक्तपुर, बनेपा टिन्डोबाटो हेल्मेट मार्ट क्षेत्र, चक्कुबक्कु पार्क, नयाँ बानेश्वर, बसन्तपुर दाबली, साँखु, कमल पोखरी, स्कटिस एकेडेमी, नयाँ बानेश्वर, काठमाडौं, गोल्डेनगेट इन्टरनेशनल कलेज, पाटन बहुमुखी क्याम्पस, जावलाखेल, जावलाखेल प्रहरी चौकी विपरित, कीर्तिपुर को बजार क्षेत्र, भरतपुर, राप्ती–५, भण्डारा ,व्यास-३ अन्सान चौतारी दमौली तनहुँ, हमतराई–६ सांग्रिला विकास बैंक परिसार ठाउँमा रक्तदान गरिने छ।

यस्तै गण्डकी मेडिकल कलेज, पृथ्वीचोकरोटरी भवन देवीनगर बुटवल, लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल पाल्पा, सबाइको शाकोस भरौलिया, तिलोत्तमा-१७, कल्याण क्लब जिम एक्सप्रेस
चिसापानी, एनजीएमसीमा रक्तदान कार्यक्रम राखिएको छ।

संस्थाले धेरै भन्दा धेरैलाई रक्तदान गर्न अनुरोध गरेको छ। रगत अभावकै कारणले ज्यान गुमाउने दिनको अन्त्य गर्न संस्थाले सोही अभियान सुरु गरेको हो। यसअघि पनि समयसमयमा यस्ता अभियान हुँदै आएका थिए।

प्रकाशित: ९ मंसिर २०८० ९:०३ | Saturday, November 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast