दुर्गा प्रसाईका २६ जना समर्थक पक्राउ, तीनकुने क्षेत्रमा चारजना भन्दा बढी भेला हुन नपाइने

हिमाल प्रेस ८ मंसिर २०८० १५:२२ | Friday, November 24, 2023
दुर्गा प्रसाईका २६ जना समर्थक पक्राउ, तीनकुने क्षेत्रमा चारजना भन्दा बढी भेला हुन नपाइने

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, आङनिमा शेर्पा, नवराज अधिकारी, तेजनारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उणेश पराजुली, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरी थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यम कुमार मैनाली, हरीप्रसाद दहाल, दिलबहादुर घिसिङ, धन सिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र सावित्रा क्षेत्री रहेका छन्।

उनीहरुलाई माइतीघरस्थित प्रहरी वृत्तमा राखिएको छ। प्रहरीले काठमाडौंको तीनकुने क्षेत्रमा चारजना भन्दा बढी भेला हुन नपाइने बताएको छ। त्यहीअनुसार कडाइ गरिएको प्रहरीले जानकारी दियो।

प्रसाईको समूहले आज तीनकुनेमा प्रदर्शनको तयारी गरे पनि प्रशासनले अनुमति दिएन। त्यसपछि जबरजस्ती प्रदर्शन गर्न आउन खोज्नेहरूलाई प्रहरीले पक्राउ सुरु गरेको थियो।

प्रकाशित: ८ मंसिर २०८० १५:२२ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast