हेटौँडामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस २७ कार्तिक २०८० ८:१९ | Monday, November 13, 2023
हेटौँडामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, राप्ती पुल पारि थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको ज्यान गएको छ। मोटरसाइकलमा रहेका अरु दुई जना घाइते भएका छन्।

ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका तीन जनामध्ये हेटौँडा–४ कमलडाँडाका २२ वर्षका महेन थापा मगरको हेटौँडा अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

मोटरसाइकल थापाले नै चलाएका थिए। मोटरसाइकलको पछाडि बसेका हेटौँडा–२ संगमचोककी १८ वर्षीया बेबिशा खड्गीको अवस्था गम्भीर रहेको छ । खड्गीलाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।

यस्तै, हेटौँडा–५ गर्दोइ बस्ने १९ वर्षीया विनिता थापाको हेटौँडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०८० ८:१९ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast